Breast Cancer in Rupandehi

स्तन क्यान्सर भनेको के हो ?

•साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुने गर्दछ ।

•स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धि र विभाजनबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ ।

विश्वमा स्तन क्यान्सरको अबस्था

•विश्व स्वास्थ्य संगठनको अनुसार संसारमा सबैभन्दा देखिने क्यान्सरमा स्तन क्यान्सर पहिलो नम्बरमा पर्दछ ।

•नेपालमा महिलाहरुमा हुने क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा पर्छ । पहिलो पाठेघरको मुखको क्यान्सर हो ।

•सन् २०२० मा मात्रै करिब ६,८५,००० महिलाले स्तन क्यान्सरको कारण ज्यान गुमाए ।

सन २०२० मा नेपालमा देख्रिएको क्यान्सर

  • Cervical Cancer 19 %
  • Brest Cancer 17 %
  • Lung Cancer 7%
  • Gall Blader Cancer 7%
  • Ovary Cancer 5%
  • Other Cancer 44%

स्तन क्यान्सरको सम्भावना बढी हुने अबस्था

•वंशाणुगत आमा, दिदी, बहिनी, छोरी वा नजिकका नातेदारहरूमा स्तन क्यान्सर भएमा ।

•ढिला उमेरमा बच्चा जन्माउने महिलाहरूमा ।

•बच्चा नजन्माएका महिलाहरूमा ।

•स्तनपान नगराउने महिलाहरूमा ।

•स्तनमा पहिलेदेखि नै गाठागुठी वा पुराना समस्या भएमा ।

•पहिले एउटा स्तनमा क्यान्सर भइसकेका महिलाहरूमा ।

•चिल्लो र बोसोयुक्त खाना बढी खाएमा ।

•धूमपान र मद्यपान

•मोटोपन

Breast Self Examination

breast self examination

स्तन क्यान्सरको उपचार विधि

१. शल्यक्रियाः स्तन क्यान्सर लागेको भाग वा पुरै स्तनलाई शल्यक्रिया गरी निकाल्ने प्रक्रिया ।
२. रेडियोथेरापीः क्यान्सर भएका कोष–कोषिकालाई मार्न विकिरणको प्रयोगबाट स्तन क्यान्सरको उपचार गर्ने विधि ।
३. केमोथेरापीः क्यान्सर विरुद्धको औषधीको प्रयोगद्वारा क्यान्सरको उपचार गर्ने पद्दति ।
४. हर्मोनथेरापीः हर्मोनको प्रयोगबाट स्तन क्यान्सरको उपचार गर्ने विधि ।

स्तन क्यान्सरको जोखिम कसरी कम गर्ने ?

•नियमित शारीरिक ब्ययाम

•चिल्लो तथा बोसोयुक्त खानेकुराहरू नखाने

•सुर्तीजन्य पदार्थको सेवन नगर्ने

•मोटोपना घटाउने

•बच्चालाई दुई वर्षसम्म स्तनपान गराउनाले स्तन क्यान्सरको रोकथाम गर्न मद्दत पुग्दछ

•आफ्नो स्तनको आफैँ परीक्षण गरी गाँठा वा गिर्खा फेला पारेमा तथा स्तन क्यान्सरका अन्य लक्षण देखेमा तुरुन्त सम्बन्धित अस्पतालमा जचाउँनुपर्दछ । सुरुकै अवस्थामा रोग निदान गरी उपचार गरे स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ ।

के पुरुषलाई पनि स्तनको क्यान्सर हुन्छ?

•कुल स्तन क्यान्सरको एक प्रतिशत पुरुषलाई हुन्छ।

•पुरुषको स्तन क्यान्सर ढिला गरी पत्ता लाग्ने भएकाले उपचार गर्न पनि कठिन हुन्छ र उपचारको राम्रो परिणाम नआउन सक्छ ।

Male Breast Cancer

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top