पाठेघरको मुखको क्यान्सर (Cervical Cancer)

पाठेघरको मुखको क्यान्सर भनेको के हो?

गर्भाशय र योनीको बिच भागमा रहेको अङ्गलाई पाठेघरको मुख भनिन्छ।त्यहाँ रहेका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धि र विभाजन हुने अवस्थालाई पाठेघरको मुखको क्यान्सर भनिन्छ ।

पाठेघरको मुखको क्यान्सर संसारमा देखापर्ने क्यान्सरमध्ये ज्यानै लिनसक्ने क्यान्सर रोग हो । लाखौं महिलाहरु प्रत्येक वर्ष विश्वमा पाठेघरको मुखको क्यान्सरबाट प्रभावित छन्, जसमध्ये ५० प्रतिशत महिलाको उक्त समस्याबाट मृत्यु भइरहेको छ।

विश्वमा हेर्ने हो भने महिलामा देखापर्ने क्यान्सरमध्ये स्तनपछि दोस्रो नम्बरमा नै पाठेघरको क्यान्सर आउँछ । नेपालमा भने यो क्यान्सर पहिलो स्थानमा रहेको छ। विश्व स्वास्थ्य संगठनको अनुसार नेपालमा सन् २०२० मा मात्रै पाठेघर मुखको क्यान्सर भएको २,२४४ नयाँ बिरामी पत्ता लागेको छ ।

•विश्व स्वास्थ्य संगठनको अनुसार नेपालमा सन् २०२० मा मात्रै पाठेघर मुखको क्यान्सर भएको २,२४४ नयाँ बिरामी पत्ता लागेको छ ।

क्यान्सरको कारक

•विश्व स्वास्थ्य संगठनको अनुसार करिव ९९ प्रतिशत यो क्यान्सरको सम्बन्ध ह्युमन प्यापिलोमा भाइरस (HPV) को संक्रमणसँग छ।

•एचपीभी पुरुषको शरीरमा सुषुप्त अवस्थामा रहन्छ। तर यस्ता पुरुषसँग यौनसम्बन्ध बनाउने महिलाको शरीरमा यो भाइरस पाठेघर मुखको क्यान्सरको कारक बन्छ।

•सबै भन्दा बढी जोखिम HPV-१६ र HPV-१८ को सङ्क्रमबाट हुने गर्दछ

कसलाई बढी जोखिम हुन्छ ?

•सानै उमेरदेखि यौन सम्बन्धमा रहनु,

•सानै उमेरमा पहिलो गर्भ बस्नु,

•धेरै जनासँग यौन सम्पर्कमा रहनु,

•श्रीमान धेरै जनासँग यौन सम्पर्कमा रहनु,

•चिकित्सकको सल्लाहबिना लामो समयसम्म गर्भनिरोधक औषधिको सेवन गर्नु,

•धेरै पटक गर्भवती हुनु,

•परिवारको अन्य सदस्यमा क्यान्सर देखिएको

•धूम्रपान  गर्नु।

पाठेघरको मुखको क्यान्सरका मुख्य लक्षणहरु

•अनियमित अथवा निरन्तर रुपमा योनीबाट रक्तश्राव हुनु ।

•महिनावारी रोकिइसकेपछि पनि बीचबीचमा रक्तश्राव हुनु ।

•बढी मात्रामा योनीबाट फोहोर र गनाउने पानी बगिरहनु ।

•यौन सम्बन्धमा रहँदा बढी दुख्नु, सम्पर्क गरेपछि रगत बग्नु ।

•दिसापिसाब गर्न अप्ठेरो हुनु ।

किन यथाशिघ्र परिक्षण र उपचार आवश्यक छ ?

•गर्भाशय मुखको क्षेत्रमा क्यान्सर कोषिकालाई नियन्त्रित गर्न नसक्दा क्यान्सर कोषिका गर्भाशय क्षेत्रमा समेत सजिलै फैलिन थाल्छ र महिलाको मृत्युसमेत हुन सक्छ।

•यो पाठेघरको मुखमा फैलिएर कलेजो, पिसाब थैली, योनी, फोक्सो र मिर्गौलासम्म फैलन्छ।

परिक्षण विधिहरु

•प्याप स्मेयर 

•भीआईए (भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड) 

•कोल्पोस्कोपी

उपचार

१. शल्यक्रियाः पाठेघरको मुख वा पुरै पाठेघर नै निकाल्नु पर्ने हुन सक्दछ ।

२. रेडियोथेरापीः क्यान्सर भएका कोष–कोषिकालाई मार्न विकिरणको प्रयोगबाट क्यान्सरको उपचार गर्ने विधि ।

३. केमोथेरापीः क्यान्सर विरुद्धको औषधीको प्रयोगद्वारा क्यान्सरको उपचार गर्ने पद्दति ।

उपचारपछि पुनः परीक्षण

•करिब ३०% महिलामा क्यान्सर पुनः देखिन सक्ने भएकाले पुनः परीक्षण गराउन जरुरी छ ।  

•शल्यक्रिया वा रेडियोथेरापीपछि बिरामीलाई हरेक तीन–तीन महिनामा पहिलो तीन वर्षसम्म त्यसपछि हरेक ६–६ महिनामा थप दुई वर्षसम्म र त्यसपछि बाँचुन्जेलसम्म बार्षिक रूपमा अस्पतालमा सम्बन्धित बिशेषज्ञसँग जचाउनु जरुरी हुन्छ ।

रोकथाम

•नियमित स्वास्थ्य परीक्षण गर्ने

•नियमित प्याप स्मेयर जाँच गर्ने

•तल्लो पेटको संक्रमण समयमै उपचार गर्ने

•स्वस्थ, मर्यादित एवं सुरक्षित यौन अभ्यास गर्ने

•धुम्रपान नगर्ने

•HPV विरुद्धको भ्यक्सिन लगाउने

Cervical Cancer

  • Ca Cx is most common cancer in the word followed by Brest cancer -à colorectal cancerà lungs cancer
  • Often referred to as the silent killer & almost 100% preventable
  • 90% women live in low & middle income countries
  • More than 95 % of Ca Cx  are caused by oncogenic type of HPV
  • Every 9 min. a women loses her battle of Ca Cx which is preventable
  • Do not let it happen to you or your daughter.
  • HPV Vaccine is very safe & highly effective (93 – 100 %) in preventing cervical precancer & cancer.

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top